आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रामचन्द्रको आरोप– संविधान कार्यन्वयनका बाधक एमाले र मधेशवादी दल

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • Ram Chandra Paudel addresses during a press meet at party office in Kathmandu, Tuesday. KANTIPUR PHOTO/ KAUSHAL ADHIKARI / POST PHOTO

    काठमाडौं   ।  नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी एमाले र मधेशवादी दलहरुमाथि संविधान कार्यान्वयनमा वाधक बनेको आरोप लगाएका छन् ।

    काँग्रेस नेता पौडेलले एमालेले संविधान संशोधन हुनै हुन्न भन्ने अडान लिएर तथा मधेशवादी दलले संशोधन नगरेसम्म निर्वाचन नै हुन दिंदैनौं भनेर संविधान कार्यान्वयनमा व्यवधान सिर्जना गरेको आरोप लगाए । नेपाल प्रेस युनियनको काठमाडौ जिल्ला शाखाले शनिबार काठमाडौमा गरेको कार्यक्रममा काँग्रेस नेता पौडेलले बढी बाठो भएर कुनै हालतमा संविधान संशोधन गर्न दिंदैनौं भन्ने अभिव्यक्ति नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरे ।

    उनले एमाले र मधेशवादी दल दुवैले कम्प्रोमाइज गरे संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने र कार्यान्वयनमा अहिले देखिएका चुनौती समाप्त हुने दाबी गरे ।

    काँग्रेस नेता पौडेलले स्थानीय तहको पुनर्संरचना आयोगमाथि स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने काम गर्न नजानेको आरोप लगाए । गाउँ नै पिच्छे गाउँपालिका बनाउनुपर्ने सरल बाटो छोडेर आयोग बाङ्गोटिङ्गो बाटो हिंडेको उनको आरोप छ ।

    उनले आयोगले अहिले प्रस्ताव गरेको माापदण्ड अनुसार स्थानीय तहको सीमाना र संख्या निर्धारण भए मुलुक नै दुर्घटनामा पर्ने सम्भावना औंल्याए ।

    आयोगले स्थानीय तहको संख्या ५ सय ६५ भन्दा बढी नहुने गरी काम सक्न लागेकामा सरकारले ४ दिन पहिले इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न आयोगलाई निर्देशन दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij