आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दसैँले अर्थतन्त्र चलायमान : निक्षेप र कर्जा दुवै बढ्यो

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • काठमाडौं । दसैँ सुरु भएसँगै अहिले बैंक तथा बित्तीय संस्थामा आर्थिक गतिविधी पनि बढेको छ । राजधानी लगायत मुलुकभरका बैंक तथा बित्तीय संस्थामा दसैँका लागि पैसा निकाल्ने सर्वसाधारणको भीड छ भने निक्षेप तथा कर्जा प्रवाहको अवस्था पनि बढेर गएको छ ।

    पछिल्लो सातामात्र बैंक तथा बित्तीय संस्थामा निक्षेप ह्वात्तै बढेको जनाइएको छ । बजारमा दसैँ केन्द्रित आर्थिक कारोवार बढेकाले बैंकमा पनि निक्षेप थुप्रिन थालेको हो । चाडवाडको समयमा अर्थतन्त्र चलायमान हुने भएकाले पनि बैंकमा जम्मा गर्ने तथा झिक्नेको संख्या पनि उत्तिकै बढीरहेको हो । खासगरि, क, ख र ग बर्गका बैंक तथा बित्तीय संस्थामा अहिले निक्षेप बढेको हो ।

    ठूलो व्यापारिक कारोवारीले बढी रकम बैंकमा जम्मा गर्ने गर्दछन् । यस्तै, कर्मचारीको तलब भत्ता, पेन्सन लगायत पनि अहिले बैंकमा जम्मा हुने गर्छ । सरकारी तथा निजी क्षेत्रले पनि कर्मचारीलाई दसैँमा भत्ता सहितको सुविधा उपलव्ध गराउने भएकाले निक्षेप संकलन बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    बैंकका अनुसार पछिल्लो सातामात्र बैंक तथा बित्तीय संस्थामा २५ अर्बको हाराहारीमा निक्षेप बढेको छ । यसले बैंक तथा बित्तीय संस्थाको कुल निक्षेपलाई पनि बढाएको छ । यो सातामात्र निक्षेपको आकार बढेर १८ खर्ब भन्दाबढी पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, नेपालको ठूलो जनशक्ति वैदेशिक रोजगारीमा छ । विदेशमा रहेकाले पनि दसैँको समयमा अन्य समयभन्दा वढी रकम स्वदेश पठाउने गरेका छन् । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको आकार पनि अहिले बढेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए ।

    ‘चाडवाडमा आर्थिक कारोवार बढी हुन्छ, व्यपारिक कारोवार बढेपछि निक्षेप बढेको हुनसक्छ’, उनले भने, ‘रेमिट्यान्स रकम अन्य समयभन्दा बढी आँउछ, यसले पनि बित्तीय कारोवार बढाएको छ ।’ दसैँमा हरेक बर्ष २८ देखि ३० प्रतिशतसम्म रेमिट्यान्स आय बढ्ने गरेको छ ।

    दसैँमा बित्तीय कारोवार ह्वात्तै बढेपनि अर्थतन्त्रमा त्यस्तो ठूलो असर भने नदेखिने पण्डित बताउँछन् । दसैँपछि अहिले बाहिरीने रकम पुन बैंक तथा बित्तीय संस्थामा फर्कने भएकाले त्यस्तो ठूलो असर देखिँदैन ।

    तर, आर्थिक गतिविधी बढ्ने हुँदा अर्थतन्त्रमा सूचकमा भने केही सकारात्मक प्रभाव रहने गर्छ । चाँडवाडमा किनमेल र खर्च गर्ने चलन बढी हुने भएकाले पनि व्यवसायीक क्षेत्रमा सकारात्मक प्रभाव देखिने गरेको हो ।

    त्यस्तै, दसैँकै कारण विदेशी वस्तुको आयात पनि बढ्ने भएकाले ठूलो रकम विदेश जाने बैंकहरुले जनाएका छन् । दैनिक उपभोग्यदेखि महंगो र विलासी वस्तु आयात दसैँले बढाउँछ । त्यस्तो आयातमा पैसा बाहिरिने गरेको हो । चाडवाडकै समयमा कर्जा लिनेको संख्या पनि बढ्ने गरेको छ । यसबर्ष पनि दसैँको मुखमा ७ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij