प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
काठमाडौ । दशैंको फुलपाती नजिकिंदै जाँदा नेपाली बजारमा सुनको भाउ पनि क्रमश ओरालो लागेको छ । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।
आज बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ९ सय र तेजावी ५७ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुनको भाउ प्रतितोला ५८ हजार १ सय र तेजावी सुनको भाउ ५७ हजार ८ सय ५० रुपैयाँ थियो । अघिल्लो साताको शुक्रबार तोकिएको बजार भाउको तुलनामा हिजो पनि सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको थियो । यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ८ सय ६० रुपैयाँ प्रतितोला कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij