आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युद्धस्तरमा पूनर्निर्माणमा जुटे मात्रै प्रगति हुन्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाए मात्र उपलब्धी देखिने बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पूनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा उनले जनताको जीवन रक्षार्थ युद्ध स्तरमा काम गरेर मात्रै पूनर्निर्माणमा प्रगति हासिल हुने बताएका हुन ।

    ‘प्रचण्ड’को अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुने गरी परामर्श समितिमा १४ जना सांसद थप गर्ने अधिकार प्रधानमन्त्री तथा परामर्श समितिका अध्यक्ष प्रचण्डलाई दिएको छ ।

    बैठकले दातृ निकायसँग समन्वय र पूनर्निर्माण स्रोत जुटाउने प्रयोजनका लागि ऐनमा व्यवस्था भए बमोजिमको पूनर्निर्माण विकास सहायता तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरुबारे निर्णय गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई दिइएको छ ।
    प्रधानमन्त्रीले भने, ‘अहिलेसम्म नीतिगत र संरचनागत काम बढी भएका छन् । जनताले राहत र पूनर्निर्माणको अनुभूति हुने गरी काम हुन सकेको छैन । हामीले सम्वदेनशील भएर राहत, पूनर्बास र पूनर्निर्माणको काम गर्नुपर्छ ।’

    प्रधानमन्त्रीले परामर्श समितिको अर्को बैठक ६ महिना अगावै बस्ने बताए । प्रधानमन्त्रीले भने ‘कार्यविधिमा परामर्श समितिको बैठक ६ महिनामा बस्ने व्यवस्था छ । तर, कामको चाप र सम्वेदनशीलता हेरेर म छिटै बैठक बोलाउनेछु । यसपछि प्राधिकरणको कार्यकारी समिति र निर्देशक समितिको बैठक बोलाएर थप निर्णय र कामलाई रफ्तारमा लगिनेछ । छिटै जनताले परिणाम देख्ने गरी काम हुनुपर्छ ।’

    परामर्श समितिको कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले प्राधिकरणले गरेको हालसम्मको प्रगति, समस्या र प्राधिकरणको अवस्थाबारे परामर्श समितिलाई जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष बामेदव गौतम, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत लगायतका व्यक्तित्वहरुले पूनर्निर्माणलाई प्रभावकारी बनाउनेबारे आफ्ना धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij