प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३
काठमाडौ । दशैंको फूलपाति नजिकिंदै जाँदा नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । लामो समयपछि बुधबार भने एकैदिन सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ७ सय, तेजावी ५६ हजा ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको भाउ प्रतितोला छापावाल ५७ हजार ८ सय, तेजावी ५७ हजार ५ सय ५० रुपैयाँ थियो ।
आज बजारमा चाँदीको भाउ पनि झरेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारेवार भइरहेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ८ सय ६० रुपैयाँ थियो । यो साता निरन्तर सुनको भाउ ओर्लिदै गएको व्यवसायीको भनाइ छ ।
यसले दशैंको अवसरमा गहना खरिद गर्नेलाई राहात मिलेको छ । दुई साता अघि ५९ हजार रुपैयाँ प्रति तोला रहेको सुन यो बीचमा तोलामा २ हजार ३ सय घटेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij