प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३
काठमाडौ । अघिल्लो दिन प्रति तोला ११ सय रुपैयाँ घटेको सुनको भाउ फेरी ४ सय रुपैयाँ सस्तिएको छ । दशैंको मुख्य दिन नजिकिंदै गर्दा नेपाली बजारमा सुनको भाउ क्रमशः ओरालो लागेको हो । यसले सुन खरिदकर्तालाई भने केही राहात मिलेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय, तेजावी सुन प्रतितोला ५६ हजार ५० रुपैयाँ र चाँदी ८ सय २० रुपैयाँ प्रतितोला कारोवार भइरहेको छ । बुधबार बजारमा छापावाल सुन तोलाको ५६ हजार ७ सय, तेजावी सुन ५६ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij