आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राख्न प्रस्ताव

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • काठमाडौं । सरकारले दर्ता गराएको राजनीतिक दलसम्बन्धी विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउँदै थ्रेसहोल्ड राख्न प्रस्ताव गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल तथा सांसदहरू राजेन्द्र पाण्डे, रवीन्द्र अधिकारीलगायतले राखेको संशोधनमा आम निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको वा कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको राजनीतिक दलले मात्रै समानुपातिकतर्फ सिट प्राप्त गर्ने व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ ।

    ‘थ्रेसहोल्डबिना निर्वाचन व्यवस्थापनै कठिन हुन्छ,’ प्रमुख सचेतक ढकालले भने, ‘कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको वा प्रत्यक्षतर्फ एक सिट जितेको भन्ने वाक्यांशले साना दलहरूको माग पनि सम्बोधन हुन्छ ।’ एमालेकै सांसद रामेश्वर फुयालले भने राष्ट्रिय मान्यता प्राप्त दल हुन कम्तीमा ५ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने गरी थ्रेसहोल्डसम्बन्धी व्यवस्था गर्न अलग्गै प्रस्ताव गरेका छन् ।

    उनको संशोधन प्रस्तावमा प्रत्यक्षतर्फ कम्तीमा ३ सिट जितेको वा ५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको दललाई मात्र समानुपातिक सिट दिइनुपर्ने उल्लेख छ । आम निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा राज्यकोषबाट अनुदान दिई राजनीतिक दललाई चन्दा उठाउन निषेध गर्नुपर्ने पनि उनको प्रस्ताव छ ।

    प्रमुख सत्तारूढ दल माओवादी केन्द्रले भने घुमाउरो भाषामा डेढ प्रतिशतको थ्रेसहोल्ड प्रस्ताव गरेको छ । माओवादी सांसद रामनारायण बिडारीको संशोधन प्रस्तावमा कम्तीमा डेढ प्रतिशत मत प्राप्त गर्ने दललाई संगठन सञ्चालनका लागि राज्यकोषबाट रकम दिने व्यवस्था प्रस्ताव गरिएको छ । उनले दलको केन्द्रीय समितिमा मात्र नभई पदाधिकारीमा पनि कम्तीमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् । विधेयकमा राजनीतिक दलको केन्द्र, प्रदेश र स्थानीय कमिटीमा कम्तीमा एक तिहाई महिला प्रतिनिधित्व हुनुपर्ने व्यवस्था प्रस्तावित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij