आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले दाङको दशै मिलन, पार्टीलाई एक ढिक्का बनाउने संकल्प

  • प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३



  • दाङ ।  नेकपा एमाले दाङले वडा दशै, तिहार र छठ पर्वको अबसरमा शनिबार शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रम गरेको छ । पार्टी कार्यालय भरतपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    एमालले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता एवं बैकल्पीक केन्द्रीय सदस्य मेटमणी चौधरीको विशिष्ट आतिथ्यतामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्ने नेताहरुले नेकपा एमाले दाङलाई एक ढिक्का बनाएर अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । विगतमा केही विवाद भए पनि अधिबेशनबाट त्यसको समाधान भएको उनिहरुको भनाई थियो ।

    कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य डाक्टर अमर गिरी, पुर्व केन्द्रीय सल्लाहाकार सदस्य लोकमणी आचार्य, शोभाराम बस्नेत, अखिल नेपाल महिला संघकी केन्द्रीय सल्लाहाकार सभापति मेनका पोखरेल, नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगी, माओवादीका सुबास पुन लगायतकाले पर्वहरुको शुभकामना दिदै अब सबै मिलेर संबिधान कार्यान्वयन गर्दै समाज बिकासमा लाग्नु पर्नेमा जोड दिए ।

    एमालेका जिल्ला उपाध्यक्ष हुकुम बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव हिराचन्द्र केसीले गरेका थिए । एमाले दाङले हरेक बर्ष दशै, तिहार र छठ पर्वको अवसरमा शुभ कामना तथा चियापान कार्यक्रम गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij