प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
काठमाडौं । सांसदहरुले संविधान संसोधनमा प्रमुख दलका शीर्ष नेता नै गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
आईतबारको व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले संविधान संसोधनमा प्रमुख दलका शिर्ष नेता गम्भीर नबनेको आरोप लगाएका हुन् ।
संविधान संसोधनको विषय विगत लामो समय सम्म चर्चामा रहेपनि शीर्ष नेताकै कारण प्रक्रिया अघि बढ्न नसकेको उनीहरुले बताए ।
संविधान कार्यान्वयनमा ध्यान नदिने हो भने प्राप्त गणतन्त्र पनि गुम्ने भन्दै उनीहरुले सबै नेतालाई एक ठाउँमा आएर निर्णय गर्न सुझाव समेत सांसदहरु शिचन्द्र चौधरी, योगेन्द्र तामाङ घिसिङ, रामकृष्ण यादवलगायतले दिए ।
बैठकमा नेपाली कांग्रेसका सांसद धनबहादुर गुरुङले हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा संविधानको अनुसुचिमा राख्ने बारे सिंहदरबारदेखि संसद सम्म चर्चा हुन थालेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले १ सय २३ वटा मातृभाषा रहेका बेला हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाई नेपालको संविधानमा अनुसुचीमा राख्ने तयारी भएको भन्ने सम्बन्धमा औचित्य पुष्टि गर्न पनि उहाले आग्रह गरे ।
बैठकको सुन्य समयमा बोल्ने सांसदहरुले मुलुकमा देखिएका समसामयिक समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले कुलेखानी जलविद्युत् आयोजनाको जलभण्डार भुकम्पका कारण अत्यन्तै खतरमा रहेको तथा जलाधार क्षेत्रको संरक्षणमा के कस्ता पहल भएका छन् भन्ने जानकारी गराउन बन र उर्जा मन्त्रालयको ध्यानाकर्षण गराए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij