प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
काठमाडौं । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संसोधनको विषयमा सरकार दवावमा रहेको संकेत गरेका छन् । आज बसेको पार्टी संसदीय दलको वैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उपयुक्त विधि र सहमतिमा संसोधन प्रस्ताव दर्ता नभए गठबन्धन भत्कन सक्ने खतरा रहेको संकेत गरेका हुन् ।
माओवादी केन्द्रका एक सांसदका अनुसार वैठकमा प्रचण्डले सहमतिका लागि गृहकार्य भने भैरहेको बताएका छन् । ‘तराई–मधेशका मुद्दा सम्बोधनका लागि संविधान संसोधन अनिवार्य सर्त हो । यो प्रक्रिया अगाडि नबढाउदा असन्तुष्टहरुका माग सम्बोधन गर्न सकिने अबस्था छैन’ प्रचण्डको भनाई उद्धृत गर्दै ती सांसदले रातोपाटीसँग भने, ‘संसोधनका लागि सहमति भएको छैन । सहमति नभई संसोधन गर्दा गठबन्धन भत्कन खतरा पनि छ ।’वैठकमा प्रधानमन्त्री प्रचण्डले एमालले सरकारको विकल्प खोज्ने कुनै न कुनै बहाना गरेको र संंसोधन प्रस्तावलाई बहाना बनाउन सक्ने संकेत गरेका छन् ।
सरकार गठन हुँदा नै तराई–मधेका असन्तुष्ट दलहरुका माग संम्बोधनका लागि संविधान संसोधन गर्ने पहिलो कार्यसूचि थियो । तर, दलहरु सहमति नहुँदा यो काम अगाडि बढन सकेको छैन । सरकारले संसवधान संसोधनको प्रस्ताव दर्ता गर्न ढिलाई गरेकोमा तराई–मधेश केन्द्रीत दलहरु असन्तुष्ट देखिएका छन् ।
वैठकमा प्रधानमन्त्री प्रचण्डले एमालले सरकारको विकल्प खोज्ने कुनै न कुनै बहाना गरेको र संंसोधन प्रस्तावलाई बहाना बनाउन सक्ने संकेत गरेका छन् ।
प्रचण्डले काँग्रेसले सहमतिका लागि आबश्यक लचकता नदेखाएको संकेत गर्दै एक्लै संविधान संसोधन प्रस्ताव अगाडि बढाए गठबन्धन भत्कन सक्ने संकेत गरेका हुन् ।
वैठकमा प्रचण्डले ३० दलीय गठबन्धनले अगाडि सारेको १० प्रदेशको प्रस्ताव अनुसार संविधान संसोधन प्रस्ताव अगाडि बढाए असन्तुष्ट दलहरुले स्वीकार गर्न सक्ने बताए । प्रचण्डले यो विषयमा सहमति जुटाउन काँग्रेस–एमालेसँग पनि कुराकानीको प्रयास भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न विकल्पमा सहमतिको प्रयास कायम रहेको तर कुनै निश्कर्षमा नपुगेको पनि बताए । उनले संवादलाई सधन पारेर छठसम्म एउटा निश्कर्षमा पुगिने पनि बताए ।
एमालले आबश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्न सकिने बताउँदै आएको छ । एमालेको यो अडानले संविधान संसोधन प्रस्तावमाथि दलहरुवीच सहमति जुटन सकेको छैन । सुत्रका अनुसार संविधान संसोधनमा काँग्रेसले पनि आबश्यक पहल नलिएको प्रधानमन्त्री प्रचण्डको बुझाई रहेको छ ।
वैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण सफल रहेको पनि सांसदहरुलाई जानकारी दिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij