प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
नेपालीलगायत भारतीयहरु विवाहलाई निकै महत्व दिन्छन् । जीवनमा एक पटक गर्ने हो भन्दै नेपाल र भारतमा विवाहमा अत्यधिक पैसा खर्च गर्ने चलन पनि छ । हो, यस्तै सोचमा रहेका एक भारतीयले आफ्नी छोरीको विवाहलाई अविष्मरणीय बनाउने हेतुले जोडतोडले तयारी गरिरहेका छन् ।
विवाह भन्ने बित्तिकै पाहुनाको कुरा आउँछ । पाहुनालाई बोलाउन सबैभन्दा पहिले कार्डको व्यवस्था मिलाइन्छ । कार्ड कस्तो प्रकारको छ, त्यसले व्यक्तिको सामाजिक स्थिती दर्साउँछ । त्यसकारण ठूल्ठूला व्यवसायीहरुले विवाहको निम्तोलाई सबैभन्दा राम्रो र भिन्न प्रकारको हुनुपर्नेमा जोड दिन्छन् ।
यदि तपाईं निकै भिन्न र अचम्मित तुल्याउने कार्ड हेर्न चाहनुहुन्छ भने गली जर्नादन रेडीले आफ्नी छोरी ब्रह्मणीको विवाहको लागि डिजाइन गराएका कार्ड नछुटाउनुहोस् । तपाईंले यी व्यक्तिको नाम पहिलो पटक सुन्दै हुनुहुन्छ भने उनी बीजेपीका पूर्व राज्यमन्त्री हुन् जो अवैध खानीका कारण ४० महिना जेल चलान भएका थिए ।
यद्यपी, उनले आफ्नी छोरीको विवाहको कार्डलाई सबैभन्दा भिन्न बनाउन कुनै कसुर छोडेका छैनन् । उक्त कार्ड सबैभन्दा महँगो, आकर्षक र प्रविधियुक्त विवाहको कार्ड हो । यो कार्ड हेर्दा तपाईं दंग पर्नुहुनेछ ।
यो कार्ड किन विशेष छ ?
हामीलाई थाहा छ, यो कुरा तपाईंले विश्वास गर्नुहुन्न तर यो विवाहको कार्ड ठूलो संगीतसहित खुल्छ र यसमा एलसीडी स्क्रिन पनि छ जसमा ‘ब्रह्मणी वेड्स राजिव रेड्डी’ भनी फ्ल्यास भइरहन्छ । त्यसपछि त्यसमा विवाहकै लागि रेडी, उनकी श्रीमती र छोराले गाएको विशेष गीत बज्छ ।
विवाह नोभेम्बर १६ तारिखमा हुने बताइएको छ जसमा तमन्ना, प्रभुदेवा, शाहरुख खान र कट्रिना कैफले विवाहमा उपस्थित पाहुनालाई मनोरञ्जन प्रदान गर्नेछन् ।
कार्डलाई नजिकबाट नियाल्न चाहनुहुन्छ भने, यहाँ दिइएको छ ।
बक्स
कार्ड
एलसीडी
पाहुनालाई निम्तो दिन भिडियो पनि बनाइएको छ, हेरौं ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij