प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
कलैया । नेकपा (एमाले) वाराको अध्यक्षमा सुन्दर विश्वकर्मा विजयी भएका छन् ।
आइतबार सम्पन्न भएको मतगणनामा दुई सय २३ मत प्राप्त गरी विश्वकर्मा विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी रवीन्द्र दासले एक सय ५८ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा देवनारायण चौधरीले दुई सय १७ मत, सचिवमा एम. समिकल्लाहले एक सय ७६ मत र सहसचिवमा राजेन्द्र कलवारले एक सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।
एकहत्तर सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको मतदानमा एक सय ४८ जनाले उम्मेदवारी दिएका थिए । चार सय दुई मतदाता रहेको सो निर्वाचनमा तीन हजार ८४ ले मतदान गरेका थिए । मतदान कार्यक्रम यही कात्तिक ६ गते सम्पन्न भएको थियो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij