आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवा कात्तिक १९ मा भारत जाने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौं  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । स्रोतका अनुसार भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् ।

    भारतीय जनता पार्टी (भाजपा) निकट रहेको थिङ ट्यांक ‘इन्डिया फाउन्डेसन’ले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भारत आउन लागेका हुन् । गोवामा उनी प्रजातन्त्र, विकास र बीपी विषयक सेमिनारको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

    सेमिनारमा भारतका अर्थमन्त्री तथा भाजपा नेता अरुण जेटलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसमेत सहभागी हुनेछन् । गोवाको कार्यक्रम सकेर देउवा सोही दिन दिल्ली फर्किने छन् । देउवाले २० र २१ गते दिल्लीमा राजनीतिक भेटघाट गर्ने स्रोतले बतायो ।

    देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने तालिका रहेको भए पनि भेट निश्चित भइसकेको छैन । उनले भाजपा अध्यक्ष अमित शाह तथा महासचिव राम माधवलाई भेट्ने छन् ।

    ‘अहिलेसम्म भेटको मिति तय भएको छैन,’ स्रोतले भन्यो, ‘देउवाले मोदीलाई अवश्य नै भेट्ने छन् ।’ मधेसवादी दलहरूको माग सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेका बेला वर्तमान गठबन्धनको मुख्य पार्टीका सभापतिको भारत भ्रमणलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij