आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले अध्यक्ष ओली र भारतका राष्ट्रपति मुखर्जीबीच पौने ८ मा भेटवार्ता हुँदै

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच पौने ८ बजे भेटवार्ता हुँदैछ । बौद्धस्थित होटल हायतमा एमाले अध्यक्ष ओली र राष्ट्रपति मुखर्जीबीच औपचारिक भेटवार्ताका लागि समयतालिका निश्चित भएको ओलीका स्वकीय सचिव रमेश आर्चायले रातोपाटीलाई जानकारी दिए ।

    यसअघि, काठमाडौंस्थित भारतीय दुतावासले आयोजना गरेको दिवाभोजमा सहभागी नभएका एमाले अध्यक्ष ओली साँझ होटल सोल्टीमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा भने सहभागी भएका थिए । रात्रीभोजका अवसरमा राष्ट्रपति मुखर्जी र एमाले अध्यक्ष ओलीबीच अनौपचारिक कुराकानी नभएको स्वकीय सचिव आर्चायले बताए । होटल सोल्टीमा आयोजित रात्रीभोजमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सहभागिता जनाएका थिए ।

    ३ दिने नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले भ्रमणको दोश्रो दिन नेपालमा बिभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा ब्यस्त हँुदैछन् ।

    उनले आजै विभिन्न दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् भने मधेश केन्द्रीत दलका नेताहरुलाई सामुहिक भेटका लागि समय दिएका छन् । दलका नेताहरुसँगको भेटवार्तापछि होटल द्वारिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने रात्रीभोजमा सहभागी हुनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij