आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संबिधान संशोधन भाषणमा मात्र सिमित भयो : पूर्वमन्त्री शाह

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • रौतहट । पूर्वमन्त्री एवं अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिका सभापति प्रभु साहले संविधान संशोधन नेताहरुको भाषणमा मात्र सिमित भएको टिप्पणी गरेका छन् ।

    छठ पर्वको उपलक्ष्यमा माओबादी केन्द्र जिल्ला संगठन समिति रौतहटद्वारा जिल्ला सदरमुकाम गौरमा शुक्रवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले नेताहरुले संविधान संशोधन प्रकृया शुरु हुन्छ भन्दै नेपाली जनतालाई ठग्ने असफल प्रयास गरिरहेको आरोप लगाए ।

    संविधान सबैको हुनलाई संबिधान संशोधनको विकल्प नरहेकाले संशोधनको लागी बिलम्ब नगर्न उनले सबै दललाई आग्रह गरे ।

    ६० प्रतिशत किसान रहेको देशमा बैंकहरुमा मात्र कृषी सेवामा १० प्रतिशत लगानी हुनु ठूलो बिडम्बना रहेको पूर्वमन्त्री साहले बताए ।

    रौतहट लगायत मधेशका आठ जिल्लामा भ्रष्टाचारको बिगबिगी भएकाले सरकारको ध्यान जानुपर्ने उनले माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij