आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

  • प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७३



  • काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ ।

    मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधिको नाम सूचना बोर्डमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखी सर्वसाधारणको जानकारीका लागि राख्न निर्देशन दिएको हो ।

    स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले ती स्वास्थ्य संस्थालाई तुरुन्त फ्लेक्स बोर्ड बनाई राख्ने व्यवस्था गरी महाशाखालाई जानकारी गराउन भनी पत्र पठाएको छ ।

    सरकारले उपलब्ध गराउने निःशुल्क औषधिकाबारेमा जानकारी नहँुदा सर्वसाधारण ठगिने गरेको गुनासो बढ्दै गएको छ । धेरै स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि उपलब्ध नहुँदा बिरामीले निजी औषधि पसलबाट महङ्गो मूल्यमा औषधि किन्नुपरेको थियो ।

    के–के औषधि निःशुल्क छन् भन्नेबारेमा जनतालाई सचेत गराई ठगिनबाट बचाउन सूचनाबोर्ड राख्नुपर्ने व्यवस्था गर्न लागिएको र नराख्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij