शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कात्र्तिक मसान्तसम्म प्रतिवेदन बुझाउने सिमा निर्धारण आयोगको तयारी

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • kqsf/ e]63f6 sfo{qmdufpFkflnsf, gu/kflnsf tyf ljz]if, ;+/lIft jf :jfoQ If]q ;ªVof tyf ;Ldfgf lgwf{/0f cfof]uåf/f dªunaf/ cfof]udf cfof]lht kqsf/ e]63f6 sfo{qmddf cfof]usf cWoIf afnfgGb kf}8]nnufot cGo kbflwsf/Lx? . tl:a/ M /Tg >]i7, /f;;

    काठमाडौं । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्तक्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले कात्र्तिक मसान्तसम्ममा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनका आयो भने स्थानीय तहको चुनावका लागि बाटो खुला हुन्छ । यसकारण यो आयोगको प्रतिवेदनलाई महत्वका साथ हेरिएको छ ।

    सोमबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष बालानन्द पौडेलले जिल्लास्तरिय प्राविधिक समितिले प्रतिवेदन बुझाएलगत्तै ढिलोमा मंसिरको पहिलो हप्ताभित्र प्रतिवेदन बुझाउने जानकरी दिए ।

    उनले अधिकाश जिल्लामा प्राविधिक समितिले सरोकारवालाहरुसँग छलफल गरेर प्रतिवेदन तयार पारिरहेकाले केही दिनमै आयोगमा आइपुग्ने विस्वास व्यक्त गरे । उनले आयोगको मापदण्ड अनुसार जिल्ला तहबाट प्रतिवेदन नआए आयोगले आफैं प्रतिवेदन तयार पार्ने स्पष्ट पारे ।

    हिमाली र पहाडी जिल्लाहरुमा प्रतिवेदन तयार पार्ने कम जारी रहेपनि तराइका जिल्लाहरुमा भने मधेसवादी दलहरुले अवरोध गरेको आयोगले जनाएको छ । अध्यक्ष पौडेलले मधेस केन्द्रित दलहरुको माग पूरा गर्न पनि स्थानिय तहको सीमा निर्धारण गर्न जरुरी रहेको बताए । उनले मधेसी मोर्चाका मागसमेत समेटेर आयोगले प्रतिवेदन तयार पार्न चाहेकाले आयोगलाई सहयोग गर्न आग्रह गरे ।

    सरकारले यसअघि सरकारले तोकेको ५ सय ६७ गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गरेर प्रतिवेदन बुझाउन अन्तिम तयारी गरेका बेला संख्या बढाएर ७ सय ४४ पुर्याएपछि आयोगले फेरि सिमा हेरफेर गरेर प्रतिवेदन पेश गर्न जिल्लास्तरिय प्राविधिक समितिले काम गरीरहेको आयोगले जनाएको छ । नयाँ मापदण्ड अनुसार प्रतिवेदन तयार पार्न सरोकारवालाहरुको सुझाव समेटेर प्राविधिक समितिलाई निर्देशन दिएको पौडेलले जानकारी दिए ।

    आयोगलाई जनसंख्या, जनघनत्व, घरबाट सेवा केन्द्रमा पुगेर पुनः घर फर्किन लाग्ने अधिकतम समय, राजस्वका आन्तरिक स्रोत, जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक सुगमताका आधारमा स्थानीय तहको सिमाना निर्धारण गर्ने अधिकार तोकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij