शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या बढ्दो

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • मुस्ताङ ।  हिमाली जिल्ला मुस्ताङमा स्वास्थ्य संस्थामै पुगेर प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको छ ।

    निःशुल्क प्रसूति सेवा, सुत्केरी भत्ता र न्यानो कपडा पाउन थालेपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो दुई आर्थिक वर्षमा यो सङ्ख्या ह्वात्तै बढेको जिल्ला अस्पताल मुस्ताङकी अनमी अनुसा थकालीले बताइन्।

    जिल्ला अस्पतालमा पछिल्लो समय आमा सुरक्षा कार्यक्रम समेत लागू भएपछि सुत्केरीले यातायात भत्ता समेत पाउने गरेका छन् ।

    अस्पतालले दिएको जानकारी अनुसार, आव २०७१÷०७२ मा ५५ जनाले स्वास्थ्य सेवामा प्रसूति गराएका थिए भने आव २०७२/०७३ मा त्यो सङ्ख्या बढेर ६५ पुगेको छ । त्यसका साथै केही वर्ष अघिसम्म स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिई बच्चा जन्माउने भए पनि पछिल्लो समय घरमै स्वास्थ्यकर्मीलाई बोलाएर आफ्नो समस्या बताउने र परामर्श लिने क्रम पनि बढेको छ । नियमित चेकजाँच, आइरन चक्की र टिटी सुई समेत अस्पतालबाट निःशुल्क पाइने भएपछि सर्वसाधारण अस्पतालप्रति आकर्षित भएको अनमी थकालीले बताइन्।

    स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएसँगै शिशु मृत्युदर पनि कम हुँदै गएको अस्पतालले जनाएको छ । मुस्ताङमा अहिले जिल्ला अस्पतालसँगै १६ वटा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेका छन् । सबै केन्द्रमा दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान हुने जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij