शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

एटिएम कार्ड बोक्नु हुन्छ ? तुरुन्त पिन नम्बर परिवर्तन गरिहाल्नुस्

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ ।
    अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय भएको भन्दै ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरेर एटिएम पिन नम्बर तत्कालै परिवर्तन गर्न आग्रह गरेको हो ।
    व्यूरोले बैंकको एटिएमबाट डाटा चोरी गरेर अवैध रुपमा पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बुल्गेरियन नागरिकलाई सार्वजनिक समेत गरेको छ । ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले अर्काको एटिएमबाट डाटा चोरेर अनधिकृत रुपमा पैसा चोरी गरेको सूचनाको आधारमा बुल्गेरियन नागरिक नियन्त्रणमा लिएको बताए ।

    पक्राउ परेका तीन जनाबाट ब्यूरोले ३ लाख ८ हजार रुपैयाँ, १ हजार युरो, ३ सय ५३ वटा एटिएम, हिडन क्यामेरा, नक्कली एटिएम नम्बर, किप्याड, कार्ड पर्सनलाइजेसन मेसिन लगायतका सामाग्री बरामद गरेको जनाएको छ ।
    पत्रकार सम्मेलनमा डिआइजी सिलवालले चोरीमा सक्रिय गिरोहले महंगा सामाग्री खरिद गर्ने गरेको बताए । उनले एटिएमबाट चोरी गरेको पैसाले महंगा लुगा, मोबाइल, घडीलगायतका सामाग्री किनेर विदेश लगेर बेच्ने गरेको बताए । उनले नेपालमा चोरी गरेको गरेको पैसाले चलेको रेट भन्दा महंगोमा डलर साटेर लैजाने गरेको दावी गरे ।

    पक्राउ परेका बुल्गेरियन नागरिकहरुले दरवारमार्ग, ठमेल, वसन्तपुरलगायतका पर्यटकीय क्षेत्र र आसपास रहेका एटिएमबाट पैसा निकाल्ने गरेको अनुशन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
    । उनीहरु एक महिनाअघि पर्यटकीय भिसामा नेपाल आएका थिए । नेपालमा ३५ लाख एटिएम प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij