शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पर्यटन व्यवसायी तामाङलाई अन्तर्राष्ट्रिय अवार्ड

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • काठमाडौं । पर्यटन व्यावसायी एवं समाजसेवी अक्कल तामाङ अन्तर्राष्ट्रियस्तरको ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन् । अमेरिकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले उनको सामाजिक कार्यको प्रशंसा गर्दै अक्टोबर २२ मा सम्मान गरेको हो ।

    Akkal_upaharत्यस्तै उनलाई अक्टोबर ८ मा उत्कृष्ट स्वयमसेवकको भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन आफ भोलेन्टियर सेन्टरले पनि भोलेन्टियर अफ दी इयर २०१६ बाट सम्मान गरेको छ । उक्त अमेरिकन संस्थाले १०८ जना प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट सामाजिक कार्य गरेबापत सम्मान गरेको सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
    तामाङलाई प्रदान गरिएको यस्तो अवार्ड नेपालमै पहिलो हो ।

    तामाङले नेपाल कोरिया कल्चरल एक्सचेञ्ज एण्ड सोसियल अर्गनाइजेसन स्थापना गरी सन् २०११ देखि १९ जना अनाथ, असहाय र गरिब बालबालिकालाई छात्रवृत्तिमा विभिन्न विद्यालयमा अध्ययन गराउनुका साथै मासिक २ हजार भत्तासमेत उपलव्ध गराउँदै आएका छन् ।
    े
    उनले आफ्नै सस्थामार्फत भुकम्पपीडितलाई २ करोड बराबरको राहत समाग्री उपलब्ध गराउनु साथै काभ्रेमा ३० वटा अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको जानकारीसमेत दिए । सन् २०१७ भित्र ३ सय ६५ वटा स्थायी घर बनाउने उनको योजना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij