शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

फास्टट्रयाकमा आठ वर्षदेखि बजेट विनियोजन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • काठमाडौं । बहुप्रतीक्षित र सधैँचर्चामा रहने काठमाडौं–तराई–मधेस ‘फास्टट्रयाक’ आयोजनालाई सरकारले बजेट विनियोजन गर्न थालेको लगातार आठ वर्ष पूरा भएको छ । तर, आयोजना निर्माणको काम अझै सुरु भएको छैन । अहिलेसम्म आयोजनाको काम ‘पूर्वतयारीमा’ सीमित छ ।

    आर्थिक वर्ष ०६४-६५ मा सुरु भई ०७५ मा सम्पन्न हुने अनुमान गरिएको आयोजना कहिले सुरु गर्ने भन्ने अन्योलमा छ । काठमाडौं–तराई–मधेस फास्टट्र्याक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले निर्माण कहिले सुरु गर्ने भन्ने विषय सरकारमा निर्भर रहेको बताए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक भने आयोजनाको अध्ययन भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए । योजनाअनुसार काम भएको भए आगामी दुई वर्षभित्र आयोजना सम्पन्न हुने थियो । तर, चर्चा र पक्ष–विपक्षमा बहस भए पनि काममा प्रगति न्यून रहेको छ ।

    आयोजनाप्रमुख शाक्यका अनुसार पूर्वतयारीदेखि आयोजना सम्पन्न गर्नेसम्मको कामलाई सतप्रतिशत मान्ने हो भने अहिलेसम्म पाँच प्रतिशत काम भएको छ ।

    फास्टट्रयाक १० वर्षमा सक्ने योजनाअनुसार आव ०६४-६५ देखि बजेट विनियोजन सुरु भएको हो । आठ वर्षको यस अवधिमा कुल ३ अर्ब ४८ करोड २ लाख रुपैयाँ बजेट विनियोजना भएको छ । तर, छुट्याइएको बजेटमध्ये ३५ प्रतिशत अर्थात् १ अर्ब २२ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये ९४ करोड रुपैयाँ नेपाली सेनाले ट्र्याक खोल्न प्रयोग गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij