प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
जेपी थुलुङ सोलुखुम्बु , सोलुखुम्बु जिल्लामा एक नगरपालिका, सात गाउपालिका र ४७ वडा सहित स्थानिय सिमाङकनको खाका तयार गरी पुरसंरचना आयोगमा सिफारिस गरिएको छ । जिल्लाका राजनैतिक दलहरुको समेत सुझाब तथा पटक पटकको छलफलपछि यसरी स्थानिय तह पुनरसंरचनाको जिल्ला प्राबिधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको वडा र केन्द्रसहित सिमाङकनको तय गरी सिफारिस गरेको हो ।
जिल्लामा हाल रहेका १ नगरपालिका र ३० गाउँ बिकास समितिलाई सात गाउँपालिका र १ नगरपालिका सहितको सिमाङकन तय भएको स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार साविकको गोली, चौलाखर्क र भकान्जेलाई लिखु गाउपालीका केन्द्र चौलाखर्क, गोराखानि, टाप्टीङ, केरुङ टाक्सीन्दु र दुधकुण्ड नगरपालिकालाई सोलुदुधुकण्ड नगरपालिका केन्द्र साविकको सल्लेरी, नेले, मुक्ली, देउसा, जुबु, लोखिम, कागेल र पंचनलाई थुलुङ दुधकौशीका गाउपालिका केन्द्र मुक्ली र सल्यान, नेचा बतासे, नेचाबेतघारी र तिङलालाई नेचासल्यान गाउपालिका केन्द्र सल्यान तय भएका छन् ।
यसैगरी बासा, वाकु, काकु र टाक्सीन्दुलाई बासाखाली गाउपालीका केन्द्र बासा, बुङ, छेस्काम र गुदेललाई महाकुलुङ गाउपालिका केन्द्र बुङ, सोताङ र पावै गाबिसलाई सोताङ गाउपालिका केन्द्र सोताङ र चौरीखर्क, जुभिङ, नाम्चे र खुम्जुङलाई खुम्बु गाउपालिका केन्द्र चौरीखर्क तय गरिएको उहाले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij