आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारको बचाउमा काँग्रेस मन्त्री नआएकोमा प्रधानमन्त्री अचम्मित !

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • काठमाडौं । ‘सरकारका हरेक निर्णय र पहलमा प्रतिपक्षी एमालेको योजनाबद्ध हमला हुँदा पनि काँग्रेस मन्त्रीहरु मौन’ बसेकोमा प्रधानमन्त्री कार्यलय अचम्ममा परेको छ । प्रधानमन्त्रीका एक सल्लाहकारले काँग्रेसको यो मौनता ‘अनौठो’ रहेको बताए ।

    अहिले सत्तारुढ माओवादी र एमाले कार्यकर्ताको सामाजिक संजालमा दोहोरी देखिने गरेको छ । तर, काँग्रेस मन्त्री, नेता र कार्यकर्ता यो बहसमा टाढै बसेका छन् ।

    भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुँदा दिइएको विदा होस् वा अंगीकृतलाई राष्ट्र प्रमुख बनाउने गरि संविधान संसोधनको मस्यौदा तयार पारिएको दावीको समाचार होस्, एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ता बहसमा उत्रिए । तर, काँग्रेसका नेता–कार्यकर्ता यसमा सहभागी भएनन् ।

    प्रधानमन्त्रीका ती सल्लाहकारले काँग्रेस मन्त्री मौन बस्नुका केही कारण हुन सक्ने बताए ।

    –काँग्रेसका तर्फबाट सरकारमा मन्त्रीहरुवीच कुनै तालमेल छैन । सवैले व्यक्तिगत ढंगले काम गरेका छन् । सिंगो सरकारको बचाउ उनीहरुको प्राथामिकतामा नपरेको उनले बताए ।

    –काँग्रेसका तर्फबाट सरकारको नेतृत्व उपप्रधानमन्त्री एव्म गृहमन्त्री विमलेन्द्र निधिले गरेका छन् । तर, काँग्रेस मन्त्री निधिको नियन्त्रणमा नदेखिएको ती सल्लाहकारको दावी छ ।

    –काँग्रेसले संस्थापन, रामचन्दै पौडेल र कृष्णप्रसाद सिटौला अर्थात तीन गुटबाट आफ्ना मन्त्री सरकारमा पठाएको थियो । सरकारमा सहभागी मन्त्रीहरु आ–आफ्ना गुटमा रमाईरहेको ती सल्लाहकारले बताए ।

    –काँग्रेसका मन्त्रीहरुमा सरकार सफल वा असफल जे भएपनि यसको भागीदार प्रधानमन्त्री प्रचण्ड हुन्छन् । त्यसकारण प्रचण्ड सफल हुनैपर्छ भन्ने काँग्रेस मन्त्रीहरुलाई नलागेको हुन सक्छ । त्यसकारण उनीहरु सरकारको बचाउमा नआएका हुन सक्ने ती सल्लाहकारको बुझाई छ ।

    प्रधानमन्त्री प्रचण्ड यतिबेला आफ्नै पार्टीका कार्यकर्ता, विपक्षी, मिडिया र सामाजिक संजालबाट धेराबन्दीमा परेका छन् । तर, उनको बचाउँमा संस्थागत रुपमा कुनै समूह परिचालन नभएको माओवादीका केही नेताहरु बताउँछन् ।

    काँग्रेस नेता रिजाल भन्छन्,

    काँग्रेस नेता मिनेन्द्र रिजाल सरकार प्रधानमन्त्री संविधान कार्यन्वयनमा लागे जस्तो नदेखिएको बताउँछन् । ‘मुख्य कुरा संविधान कार्यान्वयनमामा लाग्ने हो । तर अहिले प्रधानमन्त्री त्यो दिशामा लागेजस्तोे मलाई लागेको छैन ।’ उनले भने । उनले अहिलेसम्म अहिलेसम्म शान्ति सम्झौताका बाँकी कामहरु हुन नसकेको बताए ।

    रिजालले भारतसँगको सम्बन्धमा सरकारले सुधारको पहल गरेको बताए । ‘नेपालको रााष्ट्रपतिको निमन्त्रणामा भारतीय राष्ट्रपतिको भ्रमण भएको छ । यो चिसिएको सम्बन्धमा सुधार हो । सम्बन्ध सबै सुध्रिसक्यो भन्ने होइन । सम्बन्ध सुधाकारको बाटो खुलेको छ ।’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij