प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
काठमाडौँ । विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ ।
“ सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार प्राप्त गर्न सक्ने योजनाअनुसार १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्नेछन् ।
यही कार्यक्रमअन्तर्गत् यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादब बनेका छन् ।
३२ इन्च एल.इ.डि. टेलिभिजन प्राप्त गरेका उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत् नेपालमा आफन्तलाई रकम पठाएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij