प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
दाङ । नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले सीमाङ्कन फेरबदलमा जबर्जस्ती गर्न खोजिए रगतको खोलो बगाउने चेतावनी दिनुभएको छ । नेकपा एमाले प्रदेशनम्वर ५ को बैठकमा चौधरीले थारु तथा जनजातिले सीमांकन हेरफेर नचाहेको भन्दै प्रदेशनम्वरर ५ बाट पहाडी जिल्लाहरु झिकिएमा थारु र जनजातिले विद्रोह गर्ने बताउनुभएको हो ।
विदेशीको स्वार्थमा देशको सीमांकन चलाउन नपाइने बताउनुभएको हो । त्यस्तै नवलपरासीका सांसद तथा केन्द्रीय सदस्य बैजनाथ चौधरीले भन्नुभयो,‘प्रदेशनम्वर ५ को अहिलेको सीमांकन चलाइयो भने ठूलो आन्दोलन हुनेछ, जसलाई राज्यले थेग्न सक्दैन । यसमा कांग्रेस र माओवादीका नेताहरु पनि सहमत छन् ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij