शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

छड्के अनुगमनमा कर्मचारीहरु भेटिएनन्

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • रुकुम ।  जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयहरुको छट्के अनुगमन गरेको छ । कर्मचारीहरुले काममा नियमितता नदिएको र ढिला सुस्ती गर्न थालेको भन्दै सर्वसाधारणहरुवाट गुनासो आउन थाले पछि छट्के अनुगमन गरिएको हो ।

    जिल्ला विकास समिति, प्राविधिक, मालपोत, वन, कृषि, शिक्षा र हुलाक कार्यालयमा छट्के अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आर्चायले जानकारी दिए । अनुगमनका क्रममा लामो समयदेखी कार्यालयमा कर्मचारीहरु उपस्थित नभएको, कार्यालय समयमा कर्मचारी पोषाक र परिचय पत्र नलगाएको भेटिएको उनले जनाए ।

    महिना भरी नै कार्यालयमा नआएको र विदा पनि नलेखेको जिल्ला शिक्षा र हुलाक कार्यालयमा भेटिएको छ । यसको विषयमा सम्बन्धित कार्यालयहरुवाट स्पष्टिकरण सोधिने प्रशासन कार्यालयले जनाएको छ । औचित्य र अभिलेखका लागि आवश्यकता अनुसार अनुगमन गरिने कार्यालयले जनाएको छ । प्रशासनले साउन देखी कार्तिक सम्मको हाजिरी, विदा, काज र कैफियत हेरफेर गरेको थियो । गोप्य ढंगले गरिएको छट्के अनुगमनमा प्रशासनका कर्मचारीहरु परिचालन गरिएको थियो ।

    कैफियत देखिएका कार्यालय र कर्मचारीहरुलाई जानकारी गराई विभागीय कारवाही हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, ‘कारवाही सम्बन्धित विभागले गर्छ, कारवाही गरेर नगरेको म ताकेता गर्छु ।’ जनताको काममा कसैले ढिला सुस्ती गर्‍यो  वा अफिस समय भित्र कर्मचारी भेटिएन सोको विषयमा आफुलाई जानकारी गराउँन सर्वसाधारणलाई उनले अनुरोध गरेका छन् । यसै बीच जिल्ला प्रशासनले जिल्लाका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिर सञ्चालन गर्ने निर्देशन दिने भएको छ ।

    कुन कार्यालयको कुन कर्मचारी कार्यालयमा आए नआएको जानकारी सहज ढंगवाट जानकारी लिन यस्तो गर्नु लागिएको प्रशासनले जनाएको छ । प्रशासनमा विद्युतीय हाजिरि सञ्चालनमा छ । यसको लिंक गृह मन्त्रालय संग जोडिएको हुन्छ । जिल्लामा ३४ सरकारी कार्यालयहरु छन् । यी कार्यालयहरुको नियमिततामा प्रश्न उठेमा र प्रशासनलाई शंका लागेमा जुनसुकै बेला अनुगमन गर्न सकिने आचार्यले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij