शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

‘फुजेल घटनाको अन्तिम फैसला मङ्सिर १२ मा’

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • चितवन । चितवन जिल्ला अदालतले मङ्गलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ । कात्तिक ५ गते वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मङ्गलबारका लागि तोकिएको थियो ।

    अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार सो मुद्दा हेर्दै आउनुभएका अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर बिदामा रहनु भएकाले मुद्दाको अन्तिम फैसला मङ्सिर १२ गते हुने भएको हो । न्यायाधीश कुँवरको आदेशअनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले लिखित बहसनोट पेस गर्नुभएको छ ।

    त्यसैगरी, प्रतिवादीका तर्फबाट १० र जाहेरवालाका तर्फबाट १० जना अधिवक्ताले लिखित बहस नोट पेस गरेको बरालले बताउनुभयो । यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गरेका थिए । असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गर्नुभएको थियो ।

    सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा विसं २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

    जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आइएको छ र अर्का विष्णु तिवारी फरार आएका छन् । सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल समेत फरार भएका छन् ।

    अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटीमा तारेखमा छाडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राख्न लगाई तारेखमा छाडेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij