प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३
नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री शंकर पोख्रेलले प्रदेश नं. ५ बाट पहाडी जिल्लाहरु हटाउनु उचित मान्न नसकिने बताएका छन् ।
बुधवार तुलसीपुर अनलाईन संगको सम्वादमा उनले सिमांकन हेरफेरको नाममा रोल्पा, प्यूठान जस्ता जिल्लाहरुलाई प्रदेश नं. ५ बाट अलग गर्नु गलत हुने बताए ।
उनले यसले प्राकृतिक, भौगोलिक र सांस्कृत परम्परा भत्कने खतरा औंल्याएका थिए ।
मधेशी समुदायका केही नेताहरुको माग सम्वोधन गर्ने वाहानामा गुल्मी, अर्घाखाँची र पाल्पा समेत प्रदेश नं. ५ बाट अलग गर्दा दाङ प्रादेशीक राजधानीको केन्द्र बन्छ भन्नु झुक्याउने खेल भएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij