शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढ्यो

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको हो । अंग्रेजी महिना अक्टोबरको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा ३ हजार ८९० जनाले बृद्धि भएको हो । यो संख्या गत वर्षको अक्टोभर महिनामा आएको पर्यकटको दोब्बर भन्दा बढि हो ।

    सन् २०१५ को अक्टोबर महिनामा २ हजार २५२ जना पर्यटकले मात्र सगरमाथा क्षेत्र प्रवेश गरेकोमा यस वर्षको अक्टोबर महिनामा ६ हजार ४४२ जना पर्यटकले सगरमाथाको प्रवेशद्धार नाम्चे हुदै खुम्बु क्षेत्र प्रवेश गरेको ईलाका प्रहरी कार्यालय नाम्चे जनाएको छ । अहिले पर्यटकको लागि मुख्य सिजन भएकोले पर्यटकहरुको आगमन गत वर्षको तुलनामा धेरै राम्रो भएकोले पर्यटक प्रहरीलाई भ्याईनभ्याई भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

    गत वर्ष भुकम्प, नाकाबन्दी जस्ता विभिन्न कारणले पर्यटकीय सिजनमा खुम्बुमा पर्यटकको आगमन नहुदा व्यवशायीलाई मार परेको भएपनि यसवर्षको पर्यटकको संख्याले व्यवशायीहरु खुशी भएका छन् । नाम्चेका होटल व्यवशायी लामाकाजी शेर्पाका अनुसार पर्यटकको संख्या थप बृद्धि गर्नको लागि सबै लाग्नु पर्न आवश्यक रहेको छ । पर्यटकको संख्या प्रत्येक वर्ष कहिले बढ्ने कहिले घट्ने जस्ता समस्याले व्यवशायीलाई मार परेको हुदा सम्बन्धित निकायले चासो दिन सकेमा पर्यटक बढ्ने उहाको भनाई छ ।

    यस वर्षको पर्यटकको संख्यामा आएको सुधारले गत वर्षको नोक्सान असुल्ने भन्दै व्यवशायीहरु खुशी भएका हुन् । गत वर्ष पर्यटक न्यसन हुदा भाडा व्यवशाय गरेका व्यवशायीलाई भाडा तिर्न नसक्दा समस्या भएको थियो । दिङबोचेका व्यवशायी पृथु राई भन्नुहुन्छ‘गत वर्ष ऋण काढेर घरभाडा तिरियो, यसवर्ष राम्रो छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij