प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३
काठमाडौं । स्थानीय निकाय पुर्नसंरचनाको विषयमा भएको विवादले उग्र रुप लिँदै जाँदा गुल्मीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
सडक बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले बाटो खुलाउन खोज्दा प्रदर्शनकारीले अवरोध गर्दा झडप हुन पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार बाटो खुलाउने प्रयास हुँदै गर्दा आन्दोलनकारीले एक्कासी ढुंगामुढा प्रहार गरेपछि झडप सुरु भएको हो ।
गुल्मीको ४ नम्वर ईलाका र ८ नम्वर ईलाकाको जुभुङ्ग, वलिथमु सहितका गाविसहरु एउटै स्थानिय निकाय भित्र हुनु पर्ने भन्दै स्थानीयले कार्तिक १३ गते देखि संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । सोहि क्रममा संघर्ष समितिले सडक बन्द गराएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij