शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सार्वजनिक स्थानमा फोहोर फाल्ने कारबाहीमा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • ललितपुर । नगर प्रहरीले ललितपुर उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही तीव्र बनाएको छ ।

    साउनयता चार महिनामा मात्रै सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने करिब चार सयलाई कारबाहीको दायरामा ल्याइएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । उनले भने, “हामीले नेपाल प्रहरीसँग मिलेर नगर क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिरहेका छौँ ।”

    नगरपालिका अन्तर्गतको लगनखेल, कोपुण्डोल, नटोल, ज्वागल, सानेपा बागमती करिडोर लगायतका क्षेत्रलाई लक्षित गरेर अहिले कारबाही भइरहेको छ । उपमहानगरपालिकामा अहिले गाभिएका स्थानमा समेत अनुगमन र कारबाहीलाई तीव्र बनाउने नगर प्रहरीको योजना छ । उनी भन्छन्, “उपमहानगरपालिकाको ३० ओटा नै वडामा कारबाही गर्ने योजना छ ।”

    स्थानीयवासी कतिपयले बुझेर त कतिले नबुझेर पनि सार्वजनिक स्थानमा फोहोर फाल्दै आएका छन् । सडकपेटी लगायतका सार्वजनिक स्थानमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी भएकालाई समेत फाल्दा कतिसम्म कारबाही हुन्छ भन्ने जानकारी हुँदैन । प्रमुख महर्जन भन्छन्, “हामीले कारबाहीसँगै जनचेतना फैलाउने काम पनि थालेका छौँ ।”

    फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र स्वायत्त शासन ऐन, २०५५ को व्यवस्थाअनुसार सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कसुर अनुसारको कारबाही भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij