शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पोखराको हङकङ बजारमा गएराती भीषण आगलागी, २५ वटा पसल जलेर खरानी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • पोखरा । पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराती भीषण आगलागी भएको छ । गएराती १० बजेको समयमा आगलागी भएको हो ।

    आगलागीबाट त्यहाँ रहेका १ सय ५० पसल मध्ये २५ वटा पसलका सामान जलेर खरानी भएका छन् । आगो लागे सँगै वारुणयन्त्र र स्थानीयवासी तथा सुरक्षाकर्मीले आगो निभाएका थिए ।

    विद्युत सर्ट हुँदा बजारमा आगो लागेको हुन सक्ने स्थानीयवासीले बताएका छन् ।

    आगलागी हुने बित्तिकै दमकललाई खवर गरेपनि दमकल जान ढिलाई हुँदा क्षति बढी भएको स्थानीयवासीले बताए ।

    आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय नागरिक र आसपासका व्यापारीहरु जुटेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij