हेटौंडा । जिल्ला विकास समिती मकवानपुरमा बसेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिती तथा सर्वदलीय बैठकले जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका सहित ८ वटा गाउंपालिकाको सिफारीस गर्ने निर्णय गरिए संगै मकवानपुरमा पनि १० वटा स्थानीय निकाय बन्ने भएको छ ।
सरकारले पुर्नसरचनाको लागि मकवानपुरमा घटिमा ६ बढीमा १० स्थानीय निकायका रहन सक्ने निर्णय गरेपछि मकवानपुरमा पनि एक गाउपालिका थप भएको हो । थप भएको गाउँपालिका मकवानपुर गढी रहको छ ।
सिफारीस गर्ने निर्णय अनुसार पुर्व मकवानपुरको साविको राईगाउ, बेतीनी तथा फापरबारी गाविस समेटेर बाग्मती गाउपालिका रहने छ भने त्यस गाउपालिकाको केन फापरबारीको २ नंबर वडा मा रहेको झुरझरे प्रस्ताव गरिएको छ । त्यसैगरी साविककै छतिवन, धियाल, शिखरपुर, ठिंगन तथा मन्थली गाविस समेटेर बकैया गाउपालिकामा रहने छ भने त्यस गाउपालिकाको केन छतिवन २ हात्तिसुडे प्रस्ताव गरिएको छ ।
त्यसैगरी साविको भैसे भीमफेदी, कोगटे, इपा तथा निवुवाटार गाविस समेटेर भीमफेदी गाउपालिकामा रहेने छ भने त्यस गाउपालिकाको केन्ı भीमफेदीलाईनै तोकिएको छ । त्यसैगरी पश्चिम मकवानपुरको हाँडीखोला, तथा मनहरी गाविस समेटेर मनहरी गाउपालिका प्रस्ताव गरिएको छ । यस गाउपालिकाको केन्ı रजैयालाई तोकिएको छ । त्यस्तै राक्सीराङ, सरिखेत, काकडा तथा खैराङ गाविस समेटेर राक्सीराङ गाउपालिमा रहने छ, भने त्यस गाउपालिकाको केन चैनपुरलाई प्रस्ताव गरिएको छ ।
त्यस्तै डाडाखर्क, गोगने, कालिकाटार, भार्ता र नामटार गाविस समेटेर कैलाश गाउपालिकामा रहने छ र त्यस गाउपालिकाको केन कालिकाटारको कटुञ्जेलाई प्रस्ताव गरिएको छ । त्यस्तैगरि कुलेखानी, सिस्नेरी फाखेल र मार्खु गाविस समेटेर इन्ıसरोवर गाउपालिका रहने छ, भने त्यस गाउपालिकाका केन्ı कुलेखानी प्रस्ताव गरिएको छ । यो पटक थप गरि ८ वटा गाउपालिका बनाइएकोमा नया गाउपालिका मकवानपुर गढी गाउपालिका रहेको छ, जसमा मकवानपुर गढी, आमञ्याङ, सुकौरा तथा बुढीचौर गाविस समेटीएको छ र त्यस गाउपालिकाको केन मकवानपुर गढीको मक्रान्चुली प्रस्ताव गरिएको छ ।
यसैगरी थाहा नगरपालिकामा टिष्टुङ, चित्लाङ तथा आग्रा गाविस थप भएका छन भने हेटौडा उपमहानगरपालिकामा कुनैपनि गाविस थपिएको छैन। यता सर्वदलीय भेलामा मकवानपुरका कति स्थानीय निकाय आवश्यक रहेको र प्रस्तावित गाउपालिकाको केन को बारेमा राजनीतिक दलहरुविच मत विभाजन भएपछि जिल्ला विकास समिती मकवानपुरमा बसेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिती तथा सर्वदलीय बैठक विना निष्कर्ष सकिएको नेपाली कांग्रेस मकवानपुरका एक नेताले बताएका छन ।