शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

झाडापखालाबाट एकको मृत्यु, ३४ जना बिरामी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • सिरहा। सिरहाको औरहीमा सोमबारदेखि फैलिएको झाडापखालाको प्रकोपले एक बालकको ज्यान गएको छ । ३४ जना बिमारी परेका छन् ।

    झाडापखालाका कारण औरही–३ का ७ वर्षे वर्जुन यादवको ज्यान गएको हो । उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा ज्यान गएको हो ।  झाडापखाला औरही गाविसको २, ३, ५ र ८ वडामा फैलिएको छ । झाडापखाला फैलिएपछि स्थानीयबासिन्दा त्रसित छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सबैलाई अनुरोध गरेको छ ।

    झाडापखाला बिमारी सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेपछि बिरामीलाई भूँइमै राखेर उपचार गरिएको छ । पेट दुख्ने, बान्ता आउने र पखाला लाग्ने लक्षण देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रामनारायण सिंहले बताउनुभयो । झाडापखालाबाट बालबालिका सबैभन्दा धेरै प्रभावित छन् ।

    झाडापखाला नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालयको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दया शंकरलाल कर्णले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij