प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३
काठमाडौ । नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय संस्था प्रोस्ट एण्ड सलिभनवाट उत्कृष्ट एयरलाइन्स अवार्ड २०१६ प्राप्त गरेको छ । राजधानीको सोल्टी क्राउनमा बुधबार आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । 
बुद्ध एयर ८ विभिन्न आधुनिक जहाजमार्फत मुलुकका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । मुलुकवाहिर भारतको वाराणसीमा नियमित उडान तथा भुटानको पारोमा चार्टड उडान भरिरहेको छ । गत बर्ष ८ लाख यात्रुलाई हवाइ सेवा प्रदान गर्न सफल एयरलाइन्सले सहज र सरल रुपमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
अवार्ड ग्रहण गर्दै एयरका एमआइएस डाइरेक्टर रजिन रञ्जितले यो अवार्ड उड्डयन क्षेत्रमा गरेको निरन्तरको प्रतिफल रहेको वताए । सो अवार्डले आफ्नो सेवा विस्तार गुणस्तर सुधार र निरन्ततामा अझ प्रेरणा प्राप्त भएको उनको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij