प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३
काठमाडौ । कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा नर्सरी ब्यबस्थापन तालिम सुरु भएको छ । पाँच दिनसम्म चल्ने यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना पुष्प ब्यवसायीको सहभागिता रहेको छ ।
नेदरल्याण्डस्थित पामका पुष्प बिशेषज्ञले ५ दिने तालिम दिनेछन् । तालिम कार्यक्रमको उद्घाटनमा फ्लोरिकल्चर एशोसिएशन नेपालका पूर्व अध्यक्ष शुरेश भक्त श्रेष्ठले २५ बर्ष अघि स्थापना भएको फ्यानले संस्थापना कालदेखिनै बिभिन्न तालिमको आयोजना गर्दै आइरहेकोले अबका दिनमा भने स्तरीय तालिमको आबस्यकता रहेको बताए । पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले सुख र दुःख दुवै अबस्थामा प्रयोगमा आउने पुष्पखेतीको ब्यबस्थापन तालिमले ब्यबसायीलाई फाइदा पुग्ने बताउँदै यसको भरपुर फाइदा लिन तालिममा सहभागि ब्यबशायीलाई आग्रह गरे् ।
कृषि मन्त्रालय कृषि ब्यवसाय प्रबद्र्धन शाखाका प्रमुख उपसचिब डा. रुद्र बहादुर श्रेष्ठले नर्सरी ब्यबस्थापन सँगै ब्यवसायीलाई ब्यबसायीक बनाउन तर्फ यो तालिमको लक्ष हुनुपर्ने बताए । ४ करोडको आयात गरिरहेको पुष्प ब्यवसायलाई आयात प्रतिस्थापन कसरी गर्ने भन्ने तर्फ लाग्न आग्रह गर्दै श्रेष्ठले तालिम प्रमुख वीम भान केस्टरलाइ नेपाली ब्यबसायीले कहिले आफ्ना उत्पादन नेदरल्याण्ड निर्यात गर्न सक्छन त्यो तर्फ तालिम केन्द्रित गर्न आग्रह गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij