शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जिल्ला अस्पताल रोल्पा सञ्चार सुविधाविहीन

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • रोल्पा । रोल्पा जिल्ला अस्पतालमा सञ्चार सुविधा नहुँदा बिरामी र स्वास्थ्यकर्मीलाई सास्ती हुने गरेको छ ।  अन्य सरकारी कार्यालय रहेको स्थानभन्दा करिब पाँच किलोमिटर पश्चिममा रहेको जिल्ला अस्पतालमा हालसम्म ल्यान्डलाइन टेलिफोनको सुविधा नभएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त जनस्वास्थ्य अधिकृत तेजेन्द्र साउदले बताउनुभयो ।

    “विगतमा भिस्याट र सिडिएमए टोलिफोनवाट काम चलाउने गरिएपनि ती फोनहरू पनि भरपर्दा छैनन् । आवश्यक परेको बेला नेटवर्क नै हँुदैन”, साउदले भन्नुभयो । कहिलेकाहीँ बिरामीको उपचार गर्दा अन्य जिल्लाका डाक्टरसँग पनि परामर्श गर्नुपर्ने भएपनि रोल्पा अस्पतालमा फोन र इन्टरनेटको असुविधाका कारण त्यसो गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ थियो ।

    अस्पतालजस्तो महत्वपूर्ण स्थानमा टेलिफोन र इन्टरनेटको चौबिसै घन्टा सुविधा हुनुपर्नेमा सञ्चारका कुनै पनि सुविधा उपलब्ध नहुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुने गरेको जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले बताउनुभयो । कृष्णबहादुर महरा सञ्चारमन्त्री हँुदा स्थानीयवासीको सहयोगमा टेलिफोन उपलब्ध गराईदिन मागपत्र पेस गरेको भएपनि हालसम्म पनि सुनुवाइ नभएको पोख्रेलले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij