आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैद्य माओवादीले मङ्सिर १० गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३



  • काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा गम्भिर हुन सरकारलाइ आग्रह गरेको छ ।

    नेकपा क्रान्तिकारी माओवादीले आज एक प्रेस वक्तव्य जारी गर्दै दश वर्षे जनयुद्ध र विविध आन्दोलनका दौरान अगाडि सारिएका महिला, दलित, आदिवासी मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रसहित उत्पीडित वर्ग र समुदायका आधारभूत समस्याको समाधान राज्य पुनःसंरचनासहितको संविधान संशोधनद्वारा होइन, वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधानको निर्माणबाट मात्रै हुने बताएको हो ।

    कार्तिक २४ र २५ गते काठमाडौँमा बसेको पार्टी सचिवालयका निर्णयहरु सार्वजनिक गरिएको विज्ञप्तीमा राष्ट्रको आन्तरिक मामिलामा अहस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा उल्लेख गरिएको छ ।

    नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणद्धारा आज हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ —

    – नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकोमा पार्टीको विशेष ध्यानाकर्षण भएको छ । एक अर्काे मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा अहस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा पुनः सार्वजनिक गरिएको छ ।

    – राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या गम्भीर बन्दै गइरहेको वर्तमान स्थितिमा राज्य पुनःसंरचना, संविधान संशोधन लगायतका विषयलाई सरकारले आफ्नो कार्यसूचीको प्रमुख विषय बनाउँदै आएको छ । विभिन्न ऐतिहासिक जनआन्दोलन र दश वर्षको महान् जनयुद्धको प्रक्रियामा उठाइएका मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रसहित उत्पीडित वर्ग र जनसमुदायका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान यसप्रकारको राज्य पुनःसंरचनासहितको संविधान संशोधनद्वारा होइन, वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधानको निर्माणबाट मात्रै हुने नीतिप्रति पार्टी दृढ रहिआएको छ ।

    तसर्थ, बैठकमा मुख्यतः दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गका हकहितको प्रतिनिधित्व गर्ने वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधान निर्माणका लागि जनआन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्ने र उक्त विषयसित सम्बन्धित कुनै पनि बँुदासित सहमत हुने राजनीतिक शक्तिसित कार्यगत एकता गरी अगाडि बढ्ने निर्णय लिइएको छ ।

    – राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय लिइएको छ । साथै, उक्त विषयबारे राज्य तथा जिल्लाद्वारा आफ्नो सापेक्षतामा सङ्घर्षका कार्यक्रम दिने ठेगान भएको छ ।

    – विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij