शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मोरङका उद्योगी—व्यवसायीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३



  • मोरङ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङ जिल्लाका उद्योगी—व्यवसायीहरुसँग अन्तरक्रिया गरेका छन् ।

    prachanda-welcomeशुक्रबार मोरङ व्यापार संघको आयोजनामा आयोजित अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले भने, ‘संविधानको स्वीकार्यता बढाएर निर्वाचनमार्फत् राजनीतिक स्थिरता हासिल गरेपछि नेपाल विकासको गतिमा अगाडि जान्छ ।

    निर्वाचन गरेर तलदेखि माथिसम्म राजनीतिक नेतृत्व स्थापित गरियो भने तिनले विकासलाई प्राथमिकता राख्नेछन् र देश विकासको गति अगाडि बढ्नेछ । अबको दुनियाँमा विकासलाई बाहिर राखेर राजनीति गर्न सकिँदैन, गर्नु पनि हुँदैन ।’

    बिराटनगरको विकासबारे प्रधानमन्त्रीले भने, ‘बिराटनगर उद्योग र राजनीतिकै अग्रणी भूमि हो । दश वर्षअघि पनि बिराटनगरमा आएर उद्योग, व्यवसायबारे अन्तरक्रिया गरेको थिएँ ।

    कोशीको बाँध फुटेपछि यो क्षेत्रको उद्योग व्यवसाय चौपट भएको थियो । मैले मेरो तर्फबाट सकेको प्रयास गरेको थिएँ । भर्खरै बिराटनगर जुट मिलको निरीक्षण गरेको छु । पूर्वी क्षेत्रको विकासलाई मैले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु ।’

    प्रधानमन्त्रत्रीले भने, ‘केही दिनअघि किमाथान्का लोकमार्गको निरीक्षण गरेको छु । किमाथान्का नाका पूर्वी नेपालकै विकासमा रणनीतिक महत्व राख्ने राष्ट्रिय गौरवको आयोजना हो ।

    यसलाई समयभित्रै सम्पन्न गर्न मैले आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गर्नेछु ।’ सो अववसरमा प्रधानमन्त्रीले गोवा भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग एन्टि डम्पिङ ट्याक्स नलगाउनेबारे कुरा गरेको पनि जानकारी दिए ।

    कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पूर्वी क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    उद्योगी व्यवसायीहरुसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका मोरङ जिल्लाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

    प्रशिक्षणमा प्रधानमन्त्रीले राजनीतिक सहमति जुटाएर संविधान संशोधन गर्ने र निर्वाचनको मिति तथा कार्यक्रमको घोषणा गर्ने अन्तिम तयारी गरिरहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij