शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चिनजान हुनासाथ यौनसम्पर्क गरिहाल्नु राम्रो हो कि होइन ?

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  •  

    म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पहिलो भेटमै यौनसम्पर्क पनि भयो ।

    यौनसम्पर्कपछि उनलाई केही पश्चाताप भएजस्तो लागेको मैले महसुस गरेको छु । हामीले पछि पनि सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं, तर अहिले उनी कम मात्रामा नजिक आएको महसुस भैरहेको छ । यौनसम्पर्कले उनलाई अप्ठेरो पारेजस्तो लाग्छ ।

    मैले सुनेको छु, चिनजान हुनासाथ छिटो यौनसम्पर्क गरिहाल्नु राम्रो होइन, तर उनी केही खिन्न देखिन्छिन् र अर्को यौनसम्पर्कप्रति त्यति उत्साहित देखिन्नन् । एकान्त वातावरण र टाढाको यात्रामा निस्कन चाहन्नन् ।

    म उनीप्रति असाध्यै आकर्षित छु र उनैलाई जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मप्रति कुनै शंका गरेको हो कि जस्तो लाग्छ । के गुणस्तरीय सम्वन्धका लागि यौन सम्पर्कमै पुगिहाल्नु नराम्रो नै हुन्छ ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij