आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्री भेट्न निवासमै पुगे प्रहरी प्रमुख

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • काठमाडौं ।   प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल गृहमन्त्री विमलेन्द्र निधिलाई भेट्न उनको सरकारी निवास पुल्चोक पुगेका छन् । शनिवार मध्यान्ह गृहमन्त्रीको हतारोका बीच करिब ७ मिनेट पुल्चोकमा भेटघाट भएको गृहमन्त्रीका स्वकिए सचिव विश्वास कर्णले जानकारी दिए ।IGP-Upendra

    ‘मन्त्रीज्यु तरुणदलको अधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पोखरा जाने हतारोमा हुनुहुन्थ्यो’ कर्णले भने, ‘त्यहि बीचमा उहाँहरु बीच करिब ७ मिनेट भेटघाट भयो ।’

    इन्डोनेशियाको बालिमा भएको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोलको) ८५ औं महासभामा सहभागी भएर अर्याल शुक्रवार साँझ स्वदेश फर्किएका थिए ।
    पछिल्लो समय गृहमन्त्रीसँगको सम्बन्धमा आएको चिसोपनसँगै प्रहरी प्रमुखलाई हटाउने तयारीमा बर्तमान सरकार लागीपरेको चर्चाका बीच भएको शनिवारको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij