शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जिल्ला अस्पताल फाप्लु हेरिनसक्नु

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु ।अस्पताल भनेको उपचार गर्ने ठाउँ हो । मानिस बिरामी भएपछि उपचारका लागि अस्पतालको बिकल्प छैन । विभिन्न रोगका बिरामी हुने भएकाले संक्रमण फैलन नदिन सरसफाइमा विशेष ध्यान दिने गरिन्छ । कुनै पनि अस्पतालमा सरसफाइ पहिलो सर्त हो । तर, सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको अवस्था भने ठीक उल्टो छ ।

    तीन दशक अघिको पुरानो र सबैको बिश्वासको केन्द्र जिल्ला अस्पताल फाप्लु यतिबेला फोहोर संकलन केन्द्रजस्तो देखिन्छ । अस्पतालको भित्र र बाहिर फोहोर नै फोहोर छ । यतिसम्म कि अस्पतालका कुनै पनि शौचालय सद्दे भेटिँदैन । शौचालय देख्दा यस्तो लाग्छ, यिनीहरूको सरसफाइ कहिल्यै हुँदैन । शौचालयबाट निस्किएको दुर्गन्धका कारण कुनै पनि बेला सरुवा रोगको संक्रमण फैलने देखिन्छ । फोहोरका कारण शौचालय छेउछाउको बाटोमा हिँड्दा पनि नाक थुन्नुपर्ने अवस्था छ ।यस्तै अस्पतालको वरीपरी जतातत्तै प्लाष्टिक, कागज, जुक्ता चफल, च्यतिएको बोरा सिसाका बोतलहरु जस्ता फोहोरनै फोहोर भेटिन्छ ।

    उपचारका लागि टाढा–टाढाबाट आएका बिरामी स्वास्थ्यलाभ गर्नुको साटो थप बिरामी पर्ने जोखिम बढेको छ । अस्पतालमा बिरामीलाई भेट्न आएका आफन्त र कुरुवासमेत अस्पतालबाट फैलिएको दुर्गन्धले आजित हुने गर्छन् । बुबा बिरामी भएपछि ४ दिनदेखी अस्पतालमा बसिरहनुभएका सोलुखुम्बु टाक्सिन्दुका छप्ते शेर्पा भन्नुहुन्छ, फोहोरको कारणले आफै बिरामी परिएला जस्तो छ । शौचालयमा पानीसमेत आउँदैन । बिरामी र बिरामीका आफन्त यस्तै फोहोर शौचालय प्रयोग गर्न बाध्य छन् । सरसफाई र प्रभावकारी स्वास्थ्यसेवाको बारेमा बिरामी, कुरुवा र सबै सर्बसाधरनको तिब्र गुनासो बढेपछि जनस्वास्थ्य प्रमुख रोषणलाल चौधरीले अबको २ महिना भित्र सुन्दर र सफा अस्पताल बन्ने बताउनुभएको छ । फोहोरका कारण सबैको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्नेहुँदा जतिसक्दो चाडो सरसफाई गर्ने उहाको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij