शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गुलरियामा व्यापारीले नुन लुकाएपछि

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • (गुलरिया) बर्दिया । भारत सरकारले ५०० र १००० का नोटमाथी प्रतिबन्ध लगाएपछि त्यस्को असर नुनको कारोबारमा देखिएको छ । भारतिय मिडियामा नुनको अभाव हुनसक्ने भन्दै रिपोर्ट लगायत समाचारहरु प्रकाशित भएपछि गुलरियामापनी एकाएक नुनको अभाव देखिएको छ ।
    तर यो अभाव वास्तविक नभएर हल्लाको भरमा ब्यापारीहरुले नुन लुकाउँदा आएको परिणाम हो । अचम्मको कुरा त के हो भने भारतका मिडियाले भने जस्तो अभाव नेपालमा छैन जस्को पुष्टि साल्ट ट्रेडिङ केन्द्रिय कार्यालयले गरिसकेको छ तर हल्लाकै पछि लागेर रातारात बजारबाट नुनको बोरा गायब भएका छन । नुन किन्न निस्किएका शिव श्रेष्ठ भन्छन- सँधै नुन किन्ने पसलमा नुन किन्न गएको २ गुणा महङो भन्यो ।
    बिगतमा भारतले नेपालमा लगाएको नाकाबन्दिको बेला पेट्रोलिएम पदार्थको अभाव चुलिएको नजिरका कारण स्थानिय उपभोक्ता नुनको अभाव हुने भयो भन्दै बजारमा नुन किन्न निस्केका थिए । यता केही कालाबजारियाहरुले हल्लाको फाईदा उठाउँदै बजारमा भएका नुन एक मुष्ठ किनेर लुकाएका छन । नुनको कृतिम अभावको सृजनागरी फाईदा उठाउन सकृय रहेको उक्त गिरोहको प्रहरीले खोजी गरिरहेको बताएको छ ।
    जिल्ला प्रहरी कर्यालय स्रोतका अनुसार केही व्यापारीको समुहले जानाजान बजारमा नुन अभाव रहेको हल्ला फिजाई कालाबजारी गर्न खोजेकोले प्रहरीले अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij