प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३
जेपी थुलुङ, सोलुखुम्बु ।अरुण भ्याल्ली पर्यटकिय पदमार्ग अन्तर्गत गुदेलदेखि सानाम सम्मको बाटो मर्मत गरिएको छ । पर्यटकिय सिजनमा पर्यटकहरुको आगमनलाई मध्यनजर गरेर महाकुलुङ क्लव गुदेलले मर्मत गरेको हो ।
फाल्गुनन्द जयन्तीको अवशर पारेर पर्यटकिय पदमार्गको मर्मत गरिएको महाकुलुङ क्लवका अध्यक्ष अविन्द राईले बताउनु भयो । अरुण भ्याल्ली पर्यटकिय पदमार्ग साँघुरो रहेकोले चौडा विस्तार गर्नुका साथै वर्षातको समयमा पहिरो तथा बाढीले बाटो विगारेको स्थानको पहिरो पन्छाईएको आयोजकले जनाएको छ ।
संखुवासभाको अरुण उपत्यका हुदै सगरमाथाको आधार शिविरसम्म आउने पर्यटकिय मुख्य पदमार्गमा पर्ने गुदेलको साम्हुस्को, छेर्लुमा, पाक्ला, गाईलु निम्चोला हुदै सानामसम्मको बाटो मर्मत गरिएको महाकुलुङ क्लव गुदेलले जनाएको छ ।
पर्यटकिय पदमार्ग साँघुरो हुदा पर्यटकहरुलाई विभिन्न समस्या भएको र गुदेलका स्थानीयहरुको घाँसदाउरा गरिने मुख्य बाटो समेत त्उहि बाटो भएकोले क्लवका पदाधिकारी र स्थानीयहरुको सहभागिताका बाटो मर्मतको काम सम्पन्न भएको क्लवका अध्यक्ष अविन्द राईले बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij