प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकामा टुकीको आगो सल्केर महिलाको ज्यान गएको छ । टुकी बत्तीबाट ओछ्यानमा लागेको आगोले सप्तकोशी नपा–४ की भुटकुनदेवी रजक (६०) को ज्यान गएको हो ।
शनिवार मध्ये राति अचानक टुकीबाट रजक सुतिरहेको औछ्यानमा लागेको आगोले उनको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फत्तेपुरले जानकारी दियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij