आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुजाताको उपचारका लागि अधिकतम ५० लाख दिने सरकारको निर्णय

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • काठमाडौँ । मन्त्रीपरिषदको बैठकले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटकमा अधिकतम ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको सिंहदरबरमा बसेको मन्त्रीपरिषदको बैठकले पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको उपचारका लागि अधिकतम ५० लाखसम्म रकम व्यहोर्ने निर्णय गरेको खेलकुदमन्त्री दलजित श्रीपालीले रातोपाटीलाई जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले भने १५ लाखसम्म उपचार खर्च दिन सकिने कार्यविधि तयार पारेको थियो । स्तन क्यान्सरको उपचारका लागि कोइरालाले १ करोड रुपैयाँ माग गरेकी थिइन् ।

    मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भूकम्पपछि बिस्थापित भएको शान्ति तथा निशस्त्रिकरण सम्बन्धि एसिया कार्यालय स्थापनाका लागि एक लाख ११ हजार ६ सय ८५ हजार डलर रकम छुट्याएको छ ।

    त्यस्तै  एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने र बैठकले जनता आवास कार्यन्वयन कार्यविधि मन्त्रीपरिषदको आर्थीक पुर्वाधार समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij