शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गोविन्द केसीको अनसन सुरु

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • काठमाडाैँ  । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी अनसन सुरु गरेका छन् ।

    सरकारले विगतमा आफूसँग गरेको सहमति विपरीत वरिष्ठता मिचेर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डाक्टर केपी सिंहलाई नियुक्त गरेको भन्दै डा. केसीले अनसन शुरु गर्नुभएको हो ।

    आइतबार अपरान्ह चार बजे शिक्षण अस्पताल महाराजगञ्ज परिषरमा अनसन शुरु गर्नुअघि पत्रकार सम्मेलन गरी प्राध्यापक डा. केसीले जनप्रतिनिधिले जनताको पक्षमा भन्दा आफ्नो स्वार्थमा काम गरेकाले मुलुक दलालको चंगुलमा फस्दै गएको आरोप लगाए । उनले माफियाहरुको चंगुलमा फसेर नेताहरुले जनताको हित विपरीत काम गरेको टिप्पणी गरे । डा. केसीले जनताले राज्यबाट पाउनुपर्ने सुविधा जनप्रतिनिधिले नै लुटेर खाएको आरोप समेत लगाए ।

    आइओएममा राजनीतिक भागबण्डामा नभई योग्यताका आधारमा नियुक्त गर्नुपर्छ भन्ने आफूले पटक पटक आवाज उठाएपनि विश्वविद्यालयले अटेर गरेको डाक्टर केसीको दाबी थियो । एक वर्षदेखि डीन र चार जना सहायक डीनको पद रिक्त नै राखेर त्रिविका पदाधिकारीले शैक्षिक अपराध गरेको डा. केसीले आरोप लगाए ।

    डाक्टर केसीले विश्वविद्यालयहरु राजनीतिक भागवण्डामा चलेकाले कार्यकर्ता उत्पादन गर्ने थलोको रुपमा विकसित भएको आरोप समेत लगाए । उनले आफूले चार वर्षअघि अनसन शुरु गरेपछि केही सुधार आएपनि फेरि दलहरुले अस्पताल र शिक्षण अस्पताललाई विकृत बनाएको आरोप लगाए ।

    सिफारिस समितिले आईओएमको डिनमा पहिलो नम्बरमा डा जगदिश अग्रवाल, दोस्रो नम्बरमा डा. केपी सिंह र तेस्रो नम्बरमा डा. ज्योती शर्माको नाम प्रस्ताव गरेको थियो । डा. केसीको यो १० औं पटकको अनसन हो । अनसनसँगै डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथी लगाईएको महाअभियोलाई निष्कर्षममा पुर्याउन, त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त, चिकित्सा शिक्षामा निर्धारण गरे अनुरुपको शुल्क कायम, आईओएमलाई पुर्ण स्वायक्तता संस्था बनाउनुपर्ने लगायत विभिन्न ९ बुँदे माग अघि सारेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij