शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गुरु नानकको ५४८औँ जन्मजयन्ती

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • काठमाडौँ ।  शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ ।

    प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानकको स्मरणमा शिख धर्मका अनुयायीले गुरुदेव पृथ्वीमा आएको दिनका रुपमा आगमन पर्व मनाउने गर्दछन् । शान्त स्वभावका, एकाग्र चित्त भएका गुरुदेव ध्यान तथा योगी भएको विश्वास छ ।

    guru-nanak-01_1448267498काठमाडौँको बालाजुस्थित नानक मठ (गुरुद्वार)मा गुरुको स्मरणमा विभिन्न धार्मिक गतिविधि तथा भण्डरा लगाइएको छ ।

    सन् १४६९मा हालको पाकिस्तानमा जन्मेका गुरु नानकले ब्रह्मज्ञान प्राप्त गरी मानव कल्याणका लागि क्रियाशील रहेको जनविश्वास छ ।

    गुरु नानकले शान्तिको प्रचारका लागि नेपाल, हिन्दुस्तान, अफगानिस्तान, भुटान, मक्का मदिनालगायतका मुलुकको पैदल यात्रा गरेका गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिए ।

    भारत वर्षमा मुसलमान तथा हिन्दूका बीच द्वन्द्व भएको अवस्थामा गुरु नानकले दिएको तर्क तथा अनेक प्रयत्नका आधारमा द्वन्द्व न्यूनीकरण भएको इतिहास पाइने उनले बताए ।

    ‘सबैका पिता एक हुन्’ भन्ने मान्यता राखेर सबै धर्मावलम्बीलाई सत्कर्ममा लाग्न प्रेरणा दिएका नानकलाई हिन्दूले जगत बाबा तथा इस्लामले पैगम्बरकै रुपमा आस्था राख्ने गरेको बताइएको छ । काठमाडौँमा छवटा ऐतिहासिक गुरुद्वार छन् भने नेपालमा करिब सात हजार शिख धर्मावलम्बी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij