प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३
कैलाली । कृषिमन्त्री गौरी शंकर चौधरीले एक प्रदेश एक सुपर जोन अन्र्तगत प्रदेश नम्बर ७ को कैलालीमा गहुँ सुपर जोन कार्यक्रम यहि वर्षबाट लागु भएको बताएका छन् ।
पब्लिक मिडिया क्लबले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले कैलालीको बसौटी, मसुरिया, पवेरा, रतनपुर हसुलिया क्षेत्रको एक हजार हेक्टर जमिनमा यो कार्यक्रम लागु गरिएको जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत १० वर्षे कृषि नीति बनाई १ खर्व ३० करोडमा यो कार्यक्रम प्रत्येक प्रदेशमा लागु गरी ३० जिल्लामा जोन र ७५ जिल्लामा ब्लक कार्यक्रम लागु गरिएकोे बताए ।
मन्त्री चौधरीले प्रदेश नम्बर ७ को डडेल्धुरामा ‘मकै जोन’, कञ्चनपुरमा ‘धान ब्लक’ र कैलालीमा ‘माछा ब्लक’ पनि लागु भएको जानकारी दिए ।
आर्थिक वर्ष २०७३÷०७४ बाट लागु भएको सुपरजोन १ हजार हेक्टर, जोन ५ सय हेक्टर र ब्लक ५० हेक्टरको हुने उनले बताए ।
यस वर्ष देशभरीमा ५ अर्व ७८ करोड यस कार्यक्रमका लागि बजेट विनियोजन भईसकेको बताउँदै मन्त्री चौधरीले भने उत्पादनका लागि माटो परीक्षण, बिउ, मल तथा प्रविधिमा मन्त्रालयले सहयोग गर्ने छ । यसका अतिरिक्त बालीका बेर्ना तथा विरुवा, माछाका भुरा, प्राङ्गारिक मल कारखाना तथा जैविक विषादी उत्पादन केन्द स्थापनको लागि ८५ प्रतिशत अनुदान मन्त्रालयले उपलब्धगराउने उनले वताए ।
मन्त्री चौधरी सुपर जोन उद्घाटन गर्न तीन दिनदेखि कैलालीमा रहेका थिए भने आज उनी काठमाण्डौं फिर्ता भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij