शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

रुकुममा पहिलोपटक प्याराग्लाइडिङ परिक्षण

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • रुकुम । पर्यटनको राम्रो सम्भावना बोकेको रुकुम जिल्लामा आज पहिलोपटक प्याराग्लाइडिङ परिक्षण गरिएको छ । जिल्लाको पर्यटन पवद्र्धन गर्ने उद्देश्यले पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको संयोजनमा प्याराग्लाइडिङ परिक्षण गरिएको हो ।

    प्याराग्लाइडिङ परिक्षण कार्यक्रमको आइतबार पहिलो दिन रुकुम मुसिकोटको जन्ती बस्ने लेकबाट ४ ओटा प्यारासुट उडाएर सल्ले विमानस्थल रुकुममा अवतरण गरिएको हो । आइतबार सुरु गरिएको परिक्षण कार्यक्रमलाई मंसिर ३ गतेसम्म जिल्लाको सम्भावित ठाउँहरु मुसिकोट, बाँफिकोट र रुकुमकोटमा उक्त प्याराग्लाइडिङ परिक्षण कार्यक्रम गरिने भएको छ । प्याराग्लाइडिङ परिक्षणमा सहभागी ४ जना पाइलटहरुलाई भने फिस्टेल नेपाल प्याराग्लाइडिङ, लेकसाइड पोखरा, कास्की नेपालले अनुमति दिएको छ ।

    प्याराग्लाइडिङ पाइलटहरुमा सुवास थापा, रमेश पहाडी, महेश रावल र प्रविण क्षेत्री रहेका छन् । पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल, रुकुम र जिल्लाका विभिन्न सरोकारवाला निकायको आर्थिक सहयोगमा रुकुम जिल्लामा पहिलोपटक प्याराग्लाइडिङ परिक्षणको सुरु गरिएको छ । रुकुम जिल्लालाई साँच्चिकै पर्यटनको गन्तब्य बनाउनलाई पनि हाल प्याराग्लाइडङ परिक्षण गरिएको र यस कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल, रुकुमका अध्यक्ष चन्द्र बहादुर के.सी. ले बताउनुभयो ।

    प्याराग्लाइडिङ परिक्षणको आइतबार पहिलो दिन फरक–फरक समयको अन्तरालमा दिनभर रुकुम मुसिकोटको आकाशमा ४ ओटा प्यारासुट उडेका थिए । आकाशमा प्यारासुट उड्दै गर्दाको रमाइलो लिन रुकुमबासीहरु ठाउँ–ठाउँमा जम्मा भएका थिए । प्यारासुटको नाम मात्र सुनेको तर प्रत्यक्ष देख्न नपाएकाले पनि होला बच्चादेखि बृद्धसम्म एकदमै खुसी भएका थिए । आज पहिलो दिनको प्याराग्लाइडिङ परिक्षण हेर्न र देख्न पाउँदा अब रुकुम जिल्ला पनि प्याराग्लाइडिङको राम्रो सम्भावना बोकेको जिल्ला बन्नसक्ने र पर्यटनको क्षेत्रमा उत्कृष्ट फड्को मार्न सक्ने अनुमान सबै पक्षबाट गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij